भारतीय दूतावासकाे चिठीबारे परराष्ट्र मन्त्रालयले जानकारी दिनुपर्छ: कृषिमन्त्री खनाल

 असार २६, २०७६ बिहिबार १५:१०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दूतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताउनु भएको छ ।

भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिनुभएको हो ।

बिहीबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले परराष्ट्र मन्त्रालयले पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पार्नुभयो । मन्त्री खनालले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम नरोकिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री खनालले तत्कालका लागि मलको अभाव नभएको पनि बताउनु भयो । उहाँले मनसुन सुरु भएकाले धान रोपाईँमा अब समस्या नहुने पनि बताउँदृ यस वर्ष मनसुन ढिलाइ भएकाले गएकाे वर्षको तुलनामा धान रोपाईँ हुन नसकेको मन्त्री खनालको भनाई थियो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया