सर्लाहीका सराेजनारायणका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

 असार २६, २०७६ बिहिबार १८:३२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले प्रहरीसँगको झडपमा परेर ज्यान गुमाएका सर्लाहीका सरोजनारायण सिंंहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंंहको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने बताउनु भयो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया