त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात बजेसम्मका लागि सबै उडानमा राेक

 असार २७, २०७६ शुक्रबार १८:११:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले साँझ सात बजेसम्मका लागि ‘नोटाम’ जारी गरेको छ ।  

नोटाम अर्थात् विमान उडाउनका लागि ‘विमानचालकलाई सूचना’ जारी गर्दै विमानस्थलले धावनमार्गमा चिप्लिएको यति एयरलायन्सको विमानकाे अवरोध हटाउनका लागि सबै संयन्त्र सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । साँझ सात बजेसम्म 'नोटाम' जारी गरे पनि जहाज हटाउन त्योभन्दा बढी समय लाग्नसक्ने जनाइएको छ । 

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ (विमान पार्किङ स्थल) तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् । विमानलाई अगाडिबाट तानेर लैजाने लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भैरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेदेखि उडान र अवतरण बन्द भएको छ ।

धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान नहट्दा काठमाण्डौ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ट’ गरिएको विमानस्थलले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया