पहिरोमा पुरिएका तीन जनाको शव भेटियो

 असार २७, २०७६ शुक्रबार १८:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिरो खसेर अवरुद्ध भएको काभ्रेपलाञ्चोकको खोपासी–ढुङ्खर्क सडकखण्ड तस्बिर : राजकुमार पराजुली/रासस ।

खोटाङ - खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको पहिरोमा परि बेपत्ता भएकी एक महिलासहित उनकाे २ छोराकाे शव भेटिएकाे छ ।

शुक्रबार बिहान ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित बाघपच्याङका विष्णु राईकी श्रीमती रेखा राई, ३ वर्षीया छोरा रोमन राई र ७ महिने छोरा रोजन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी बामदेव गौतमले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशी नेतृत्वको प्रहरी र स्थानीयवासीले आमा र दुई छोराको शव पहिरोबाट निकालेको हो । शव निकाल्नका लागि दिनभर पहिरो खोतलिएको थियो ।

विष्णुलाई भने पहिरोमा किचिएको अवस्थाबाट आफन्तले उद्धार गरेको वाप्लुखाका वडाध्यक्ष दिपेन राईले बताउनुभयो । घाइते भएका विष्णुलाई प्राथमिक उपचारका लागि खोटाङ बजार पठाइएको छ । खोटाङ बजारमा उपचार सम्भव नभए अन्यत्र पठाएर उपचारको व्यवस्था मिलाइने वडाध्यक्ष राईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया