८ घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

 असार २७, २०७६ शुक्रबार १९:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धावन मार्गमा विमान चिप्लिएका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घण्टापछि सञ्चालनमा आएको छ । 

धावन मार्गमा रोकिएको यति एअरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान झण्डै ८ घण्टा लागेको हो । नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक तथा यति एअरलाइन्सका इन्जिनियरको टोलीले विमानलाई ह्याङ्गरमा लगेको हो ।  
। 

नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेपछि आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका सबै उडान र अवतरण बन्द भएको थियो । विमानमा रहेका चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको यति एअरलाइन्सले जनाएको छ । 

विमानस्थल अवरुद्ध भएपछि काठमाण्डाै आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ट’ गरिएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया