भप्सी खोलाको पुल बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 असार २८, २०७६ शनिबार ८:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३, भप्सी खोलामा रहेको पुल बाढीले बगाएको छ ।

बिहीबारदेखि लगातार परेको झरीका कारण आएको बाढीले शुक्रबार राति पुल बगाएको हो । बाढीले पुलको बीच भाग पूर्ण रुपमा बगाएको छ ।

पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सयौँ यात्रुहरु शुक्रबार रातिदेखि नै अलपत्र परेका छन् । लगातारको झरीका कारण महोत्तरीका धेरै ठाउँ जलमग्न भएका छन् । सयाैँ बस बर्दिवास र गाैशालामा अलपत्र परेकाे प्रहरीले जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया