अहिलेसम्म २२ लाखले लिए प्यान, धेरै कर्मचारी हुने संस्थामा विभाग आफैं गएर सेवा दिने

 साउन ६, २०७६ सोमबार १२:८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्थायी लेखा नम्बर प्यान लिनेहरुको संख्या २२ लाख पुगेको छ । सरकारले तलब बुझ्ने सबै नागरिकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेयता मात्रै १ लाख जनाले प्यान लिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

जेठ १५ गते यता मात्रै १ लाख जनाले प्यान लिएको र हालसम्म २२ लाख जनासँग प्यान रहेको विभागले जनाएको छ । सरकारले प्यान अनिवार्य गरेपछि आफ्ना कार्यालयहरुमा छुट्टै काउन्टर राखेर सहज बनाइएको पनि विभागको दाबी छ । 

यस्तै विश्वविद्यालय, विद्यालय, अस्पताल, गैरसरकारी संस्था, ठुला ब्यापारीक संस्था लगायतले आफ्ना कर्मचारीहरुको प्यान फारम भराएर एकमुष्ट निवेदन दिएमा आन्तरिक राजश्व विभागको टोली सम्बन्धीत संस्थामा गएर प्यान दिइने पनि विभागले जनाएको छ ।

व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने कानुनी व्यवस्था छ ।

आर्थिक विधेयक अनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकमार्फत नै दिनुपर्छ र बैंकमार्फत तलव दिँदा/लिँदा प्यान अनिवार्य गरिएको छ । कुनै संस्थाले कर्मचारीलाई प्यान विना तलव दिएमा त्यो तलब खर्चमा गणना नगरिने सरकारले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया