अशोक लेलैण्ड र आईसीएफसी फाइनान्सबीच सम्झौता

 साउन ७, २०७६ मंगलबार १९:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई मोटर्स प्रालिले प्रवर्द्धन गरेको अशोक लेलैण्ड र आईसीएफसी फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सका तर्फबाट उपाध्यक्ष इमरान ए. खानले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौतापछि ग्राहकहरुले आईएमई मोटर्सबाट सिफारिस लिएर आईसीएफसी फाइनान्स लिमिटेडबाट कर्जा सुविधा पाउनुका साथै अशोक लेलैण्डको विभिन्न प्रकारका गाडीहरुमा कर्जा सुविधा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया