मदन पुरस्कार २०७४ का लागि ‘श्रेष्ठ आठ’ पुस्तक सिफारिस, कुन–कुन परे ?

 असार २५, २०७५ सोमबार १६:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि विभिन्न आठवटा पुस्तकलाई ‘श्रेष्ठ पुस्तक २०७४’ घोषणा गरेको छ । 

२०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये गुठीले आठवटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको हो । यीनै आठवटा पुस्तकमध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ । 

गुठीले घोषणा गरेका श्रेष्ठ आठ पुस्तकहरुमा नीलम कार्की निहारिकाको ‘योगमाया’, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ रहेका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया