मन्त्रालयकाे काम कारबाही पारदर्शी हुन्छ, कसैप्रति पूर्वाग्रह राखिन्न : पर्यटनमन्त्री भट्टराई

 साउन १९, २०७६ आइतबार १९:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले केही दिनभित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गर्नु भएको छ । 

मन्त्री भट्टराईले संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गस्थित हुनु भएका भट्टराईले विमान खरिद सम्बन्धमा संसदीय समितिले विगतमा दिएका निर्देशनहरु पालना गरेर अरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । आइतबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री भएपछि पहिलो पटक उपघि बढ्ने योजना रहेको बताउनु भयो । 

उहाँले आफ्ना सबै काम कारबाही पारदर्शी ढंगले अघि बढाउने अठोट पनि गर्नुभयो । मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कसैप्रति पूर्वाग्रह राख्ने अवस्था आउन नदिने पनि बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले विमान खरिद प्र्रकरणमा देखिएका सबै समस्या समाधान गरेर अघि बढ्न मन्त्री भट्टराईलाई सुझाव दिएका थिए । समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमान खरिद प्रकरणमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा त्यस्ता समस्या आउन नदिने गरी काम गर्न मन्त्री भट्टराईलाई सुझाव दिनुभयो । नेता नेपालले जनताको भावनामा चोट नपुर्‍याउने गरी सांस्कृतिक क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले नेपाल एयरलाइन्सलाई सरकार आफैँले सञ्चालन गरेर नेपालको हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्री भट्टराईलाई आग्रह गर्नुभयो । त्यसैगरी समितिकै सदस्य पुष्पा भुसालले हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाएर मुलुकको पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन मन्त्री भट्टराईलाई सफलता मिल्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

समितिका सदस्यहरुले मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि निर्माणाधीन विमानस्थलको कामलाई पनि समयमै पूरा गर्ने विश्वास पनि व्यक्त गरेका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया