सुनको भाउमा नयाँ कीर्तिमान

 साउन २१, २०७६ मंगलबार ११:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुनको भाउ मंगलबारका लागि तोलाको ६८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै धेरै हो ।

सुन सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । गएको आइतबारदेखि नै उकालो लागेको सुनको भाउले मंगलबार पनि नयाँ कीर्तिमान बनाएको हो । शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ त्यसयता बढ्दै नयाँ किर्तिमान बनाइरहेको छ ।

अमेरिका र चीनबिच व्यापारिक तनाव बढ्नुका साथै जम्मू कश्मिर विवादका कारण अन्तर्राष्ट्रिय बजारमा सुन महंगो भएको महासंघले जनाएको छ । यसकै असरले नेपालमा पनि सुनको भाउ अकासिएको हो । 

चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी मंगलबार पनि तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भैहरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया