बाघको आक्रमणबाट ओखलढुंगामा एक जना घाइते

 साउन २३, २०७६ बिहिबार ६:५३:३१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – बाघको आक्रमणबाट ओखलढुंगाको चम्पादेवी गाउँपालिका– २ का हिराबहादुर श्रेष्ठ घाइते हुनुभएको छ । बुधबार बिहान गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठमाथि बाघले आक्रमण गरेको वडा अध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

घाइतेको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको छ । बाघको आक्रमणबाट श्रेष्ठको अनुहार र शरीरका अन्य भागमा चोट लागेको छ । बाघले आक्रमण गरेपछि हारगुहार गर्दा बाघ भागेको स्थानीयले बताए ।

गएको केही दिनदेखि नै चम्पादेवी गाउँपालिका –२ मा बाघले आतंक मच्चाइरहेको छ । स्थानीय मसलीमाया मगरका ९ वटा खसी र  झलक मगरका पाँच वटा बाख्रा मारेको छ । गाउँमा बाघले अन्य सात जनाका घर गोठमा पसेर २१ वटा बाख्रा मारेको स्थानीयले बताएका छन् ।

बाघको बिगबिगी बढेपछि स्थानीय त्रसित बनेका छन् । उनीहरुले बाघ नियन्त्रण गर्न पनि माग गरेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया