ग्लोबल टी २० : सन्दीपले लिए तीन खेलमा तीन विकेट

 साउन २३, २०७६ बिहिबार ७:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

टोरन्टो प्लेअफमा क्यानडामा जारी ग्लोबल टी २० प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेलमा फेरि विकेट लिन सफल भएका छन् । उनको यो तीन खेलमा तेस्रो विकेट हो ।

टोरन्टो नेश्नल्सका लागि सन्दीपले पुरै चार ओभर बलिङ गर्न भने पाएनन् । मोन्ट्रेल टाइगर्सविरुद्धको खेलमा सन्दीपले तीन ओभरमा २५ रन खर्चिएर एक विकेट लिन सफल भए । 

सन्दीपले टिमको पाँचौ तथा ब्यक्तिगत पहिलो ओभरमा नौ रन खाए । उनले पहिलो ओभरको अन्तिम दुई बलमा दुई चौका खान पुगेका थिए । त्यसपछि दोस्रो ओभरमा पनि उनले नौ रन नै खर्चिए ।
 
यो ओेभरको दोस्रो बलमा दिनेश चन्दिमलले छक्का प्रहार गरेका थिए भने बाँकी एक–एक रन दिएका थिए । दुई ओभरमा सन्तोष जनक प्रदर्शन गरेका उनले तेस्रो ओभरमा राम्रो बलिङ गरे । जसमा उनले सात रन खर्चिएर विकेट लिन सफल भए । ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले पहिलो बल डट फालेपनि दोस्रो बलमा छक्का खाएका थिए । जसमा स्कट कुगिलीजीनले मिडविकेटमा छक्का प्रहार गरेका थिए ।

तर अर्को बलमा सन्दीपले उनलाई पेभेलियनको बाटो देखाए । त्यसपछि बाँकी तीन बलमा उनले एक रन मात्र खर्चिए । यो खेलमा टोरन्टो नेश्नल्सले टाइगर्सलाई ३५ रनले हराउँदै प्लेअफमा स्थान बनाउन सफल भएको छ । 

टोरन्टोले दिएको एक सय ९० रनको लक्ष्य पक्ष्याएको टाइगर्समात्र एक सय ५४ रनमा अलआउट भयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया