जावलाखेलमा मोबाइल पसलमा कार ठोक्कियो

 साउन २३, २०७६ बिहिबार ८:२५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको जावलाखेल चोकमा गाडी मोबाइल पसलमा ठोक्किएर दुर्घटना भएको छ । बी एए ०९४५ नम्बरको कार पसलमा ठोक्किएको ललितपुर प्रहरीले जनाएको छ ।

दुर्घटनापछि कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । कार चालक सामान्य घाइते भएका छन् । भैँसेपाटी जाने सडकतर्फ रहेको नेपाल टेलिकमको कार्यालयसँगैको मोबाइल पसलमा बिहान ५ बजेतिर कार ठोक्किएको हो ।

चालकले जाँड रक्सी खाएर कार चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कारको अगाडिको भाग कुच्चिएको छ भने मोबाइल पसलमा पनि नोक्सानी भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया