विराटनगरमा प्रहरी कार्यालय नजिकै दुई वटा पसल चोरी

 साउन २३, २०७६ बिहिबार १०:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन्  । केही दिन अघिमात्र विराटनगरको महेन्द्र चोकमा मोबाइल पसल चोरी भएको थियो । त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै बुधबार राति फेरि विराटनगरको दुई वटा पसल चोरी भएको छ । 

विराटनगर महानगरपालिका र वडा प्रहरी कार्यालय नजिकै रहेको पञ्चकन्या ट्रेडलिङ्क र  गणनायक मार्केटिङ हाउसमा चोरी भएको हो । पञ्चकन्या ट्रेडलिङ्कबाट ४ लाख चोरी भएको र  गणनायक मार्केटिङ हाउसबाट ५० हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताउनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको डीएसपी खिउजुले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया