शाहरुख खानकी छोरी सुहाना शर्ट फिल्मबाट गर्दैछिन् डेब्यू

 साउन २३, २०७६ बिहिबार १३:४२:५० | एजेन्सी
unn.prixa.net

शाहरुख खानकी छोरी सुहाना खान बलिउड फिल्ममा डेब्यू गर्नुअघि नै सामाजिक सञ्जाल तथा मिडियामा छाइरहेकी हुन्छिन् ।

यही कारण अहिले बलिउड फिल्म उद्योगमा सुहाना खानको डेब्यूलाई लिएर निकै चर्चा भइरहेको छ । सुहानालाई पनि अभियमा निकै रुचि रहेका कुरा उनका बुवा शाहरुख खान स्वयमले खुलासा गरिसकेका छन् ।

यस कारण पनि सुहानाले छिट्टै नै बलिउडमा एन्ट्री गर्नसक्ने अनुमान गरिएको छ । लण्डनको एक कलेजबाट केही दिन अघिमात्रै ग्रयाजुयसन गरेकी सुहाना खान अब छिट्टै नै अभिनय करियरको सुरुवात गर्न एकदमै तयार छिन् ।

हालै सार्वजनिक खबरहरुका अनुसार सुहाना खान उनको अभिनय करियरको सुरुवात हिन्दी फिल्मबाट नभइ एक विदेशी शर्ट फिल्मबाट गरिरहेकी छिन् । अहिले उनको शर्ट फिल्मको पोस्टर सामाजिक सञ्जालमा चर्चामा छाइरहेको छ । पोस्टरमा सुहाना खानको तस्बिर रहेको छ भने फिल्मको टाइटल ‘द गे्र पार्ट अफ् ब्लू’ लेखिएको छ ।

१९ वर्षकी सुहाना उनको क्लासले नै निर्माण गर्न लागेको शर्ट फिल्म ‘द ग्रे पार्ट अफ् ब्लू’ मा मुख्य भूमिका निर्वाह गर्दैछिन् । यस फिल्मको पोस्टर सुहानाका क्लासमेट थियाेडोर जिमेनोले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट शेयर गरेका छन् । उनीसँगै पढ्ने विद्यार्थी थियोडोर जिमेनोले नै यस फिल्मको निर्देशन गर्छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया