अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता

 साउन २३, २०७६ बिहिबार १८:४८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई मोटर्सले प्रवर्द्धन गरेकाे अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सका तर्फबाट उप प्रमुख इमरान ए. खानले हस्ताक्षर गर्नुभएको हाे ।

सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले ओम डेभलपमेन्ट बैंकबाट ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने छन् । यसैगरी ओम डेभलपमेन्ट बैंकका ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका गाडीहरुमा कर्जा सुविधा पाउने छन् ।

यी सुविधाले आउँदा दिनहरुमा ग्राहकहरुलाई कर्जा सुविधा पाउन निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधाबाहेक दुवै कम्पनीले अन्य क्षेत्रमा पनि सहकार्य गर्दै अगाडि बढ्ने सहमति पनि गरेका छन् ।


 

अन्तिम अपडेट: कात्तिक १२, २०७६

तपाईको प्रतिक्रिया