दोलखामा राहदानी वितरणबाट १ करोडभन्दा बढी राजश्व संकलन

 साउन २६, २०७६ आइतबार १९:४६:४६ | उषा तामाङ

दोलखा – जिल्ला प्रशासन कार्यालय दोलखाले गएको आर्थिक वर्षमा सबैभन्दा धेरै राजश्व राहदानी वितरणबाट संकलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न शीर्षकबाट १ करोड ७७ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरेकाेमा राहदानी वितरणबाट मात्र १ करोड ६७ लाख ८९ हजार रुपैयाँ संकलन गरेको हो ।

त्यसैगरी कार्यालयले न्यायिक दण्ड जरिवाना र जफतबाट ७ लाख ९४ हजार १ सय ६५, संघ संस्था दर्ता र नवीकरणबाट २ लाख ३ हजार र हातहतियार नविकरणबाट २ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, गएको आर्थिक वर्षमा २०७५/०७६ मा ३ हजारभन्दा बढिले जिल्ला प्रशासन कार्यालय दोलखाबाट राहदानी लिएका छन् । गएको वर्ष ३ हजार १ सय ७७ जनाले राहदानी लिएका हुन् ।

राहदानी लिनेमा महिलाभन्दा धेरै पुरुष छन् । १ हजार ९ सय ९७ पुरुष र १ हजार १ सय ८० जना महिलाले राहदानी लिएका थिए । ३ हजार १ सय ४४ जनाले द्रूत राहदानीका लागी सिफारीस लिएका छन् ।

द्रूत राहदानीका लागि १ हजार ५ सय ८७ पुरुष र १ हजार ५ सय ५७ महिलाले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिएका हुन् ।

अन्तिम अपडेट: चैत १, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया