अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

 साउन २९, २०७६ बुधबार १८:८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई मोटर्स प्रालिले प्रवर्द्धन गरेकाे अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सका ग्राहकहरुले पोखरा फाइनान्सबाट सजिलै ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने छन् । त्यस्तै अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने बताइएकाे छ ।

दुवै कम्पनीबीच कर्जा सुविधा बाहेका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको छ । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया