‘युवा वर्ष मोति पुरस्कार’ धनकुटे कान्छा र फूलमान वललाई संयुक्त रुपमा दिइने

 भदौ ४, २०७६ बुधबार १७:१७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा) झापा र फूलमान वल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । 

राष्ट्रिय विभूति तथा युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषको स्थापना भएको थियो । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । युवा साहित्यकारद्वयलाई रकमसहित स्वर्णपदकले सम्मान गरिनेछ । 

पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले उहाँहरूलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । आउँदो भदौ १३ गते १५४ औँ मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान प्रदान गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिनुभयो । 

कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युवा कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ । हालसम्म यो पुरस्कारबाट ६७ जना स्रष्टा सम्मानित भइसक्नु भएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया