अति नै जोखिमपूर्ण अवस्थामा राखिएका ९ बालबालिकाको सीतापाइलाबाट उद्धार

 भदौ ४, २०७६ बुधबार २०:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अत्यन्तै जोखिमपूर्ण आवस्थामा राखिएका ९ जना बालबालिकाको सीतापाइलाबाट उद्धार गरिएको छ । 

राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, नागार्जुन नगरपालिका–४ वडा कार्यालय, बाल हेन्पलाइन १०९८ तथा स्थानीय प्रतिनिधिहरुको सहयोगमा ती बालबालिकाको उद्धार गरिएको हो । 

नागार्जुन नगरपालिका वडा नम्बर ४ सीतापाइलाको ख्वपाटोलमा रहेको ‘नमुना प्रगतिशील महिला समाज र युवा सामुदायिक सेवा केन्द्र’ बाट अति नै जोखिम अवस्थामा बालबालिकाको उद्धार गरिएको हो । 

उद्धार गरिएकामा ४ जना बालक र ५ जना बालिका रहेका छन् । ५ देखि ११ वर्ष उमेर समूहका ती बालबालिकामध्ये बर्दियाका ४ जना, कालिकोटका ४ जना र कैलालीका १ जना रहेका छन् । 

संस्थाले आवसीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, अवास, शिक्षा तथा संरक्षणको प्रबन्ध नभएकाले बालबालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

संस्थाको सञ्चालक तथा संलग्न व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया