सानिमा लाईफको नयाँ बीमा योजना, वार्षिक धन फिर्ता हुने

 भदौ ५, २०७६ बिहिबार ९:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सानिमा लाईफ इस्योरेन्स कम्पनीले ‘सानिमा वार्षिक धनफिर्ता’  जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

यो योजनाअनुसार १५ वर्षे अवधिको लागि जीवन बीमा गरेमा हरेक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङ्कको ६ प्रतिशतका दरले फिर्ता गरिने कम्पनीले जनाएको छ । त्यसैगरी २० वर्षे अवधिको लागि जीवनबीमा गरेमा हरेक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशतका दरले बीमितलाई फिर्ता गरिने सानिमा लाईफ इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीकाअनुसार बीमा पोलिसी परिपक्व भएपछि बीमितले फिर्ता लिएर बाँकी रहेको बीमाङ्क रकममा बोनस रकम थप गरी भुक्तानी गरिनेछ ।

१६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष तोकिएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया