राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

 भदौ ५, २०७६ बिहिबार १२:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा बिहान भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन बुधबार काठमाण्डौ आउनु भएका विदेशमन्त्री जयशंकर बिहीबार बिहान पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी राष्ट्रपति भवन पुग्नुभएको थियो । 

उहाँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्मानमा आयोजना गर्ने दिवा भोजमा सरिक भएर बिहीबार नै भारत फर्किने तयारी छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया