बीमा कम्पनीहरुको नाफा बढ्यो, यस वर्ष पनि नेपाल लाइफ नै अगाडि

 भदौ ५, २०७६ बिहिबार १३:१९:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – देशभित्र सञ्चालनमा रहेका सबै १९ जीवन बीमा कम्पनीहरुले गएको आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सबै बीमा कम्पनीहरुको खुद नाफा ३ अर्ब ११ करोड ७३ लाख रुपैयाँ छ । 

आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको अन्त्यसम्म कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस वर्ष पनि नेपाल लाईफ नै अगाडि देखिएको छ । यो कम्पनीले असार मसान्तसम्ममा ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यस्तै दोस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चाहिँ ५ करोड ७० लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

कुन कम्पनीको नाफा कति ?

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया