ताप्लेजुङमा चट्याङ लागेर एक जनाको ज्यान गयो

 भदौ ५, २०७६ बिहिबार २०:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

ताप्लेजुङ – चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।

फुङलिङ नगरपालिका–८, का भक्तबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले बताउनुभयो । बिहीबार साँझपख हावाहुरी र पानीसँगै परेको चट्याङले लाागेर भक्तबहादुरको ज्यान गएको हो ।

उहाँको शवको मुचुल्का उठाइसकेको र पोस्टमर्टमका लागि जिल्ला अस्पताल ल्याइएको समेत प्रमुख थापाले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया