पाटनकाे कृष्ण मन्दिर पुगेर राष्ट्रपतिद्वारा फूल–प्रसाद ग्रहण

 भदौ ६, २०७६ शुक्रबार १७:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा भगवान श्रीकृष्णको पूजा आराधना गर्दै देशैभर मनाइएको छ । 

भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको साथै देशभरका कृष्ण मन्दिरमा शुक्रबार दिनभर नै भक्तजनहरुको ठूलो घुँइचो लागेको थियो । 

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको कृष्ण मन्दिर पुगेर प्रसाद ग्रहण गर्नु भएको छ । राष्ट्रपति भण्डारी मन्दिरभित्र प्रवेश नगरिकनै पुजारीबाट फूल, प्रसाद ग्रहण गरी फर्कनु भएको थियो । फूल, प्रसाद ग्रहणपछि उहाँले पुजारीलाई दक्षिणा पनि दिनु भएको थियो ।

कृष्ण मन्दिर परिसरमा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गर्नु भएको थियो । राष्ट्रपतिको सवारीका क्रममा ललितपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्नुको साथै दर्शनार्थीहरुलाई पनि केही समय मन्दिरमा पूजा गर्न रोक लगाइएको थियो ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई बचाउने उद्देश्यले भगवान विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भइ धर्तीमा अवतरण गरेको किंवदन्ती छ ।

कृष्ण जन्माष्टमीको दिन व्रत बस्ने व्रतालुले राति कृष्ण जन्मिएको सम्झनामा पूजा अर्चना गरी रातभर जाग्राम बसेर नाचगान गर्ने र कृष्णको भक्ति संगीत गाउने गर्दछन् । 

तस्बिरः रासस

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया