यसपटकको दशैँमा नयाँ होइन सुकिला नोट !

 भदौ ६, २०७६ शुक्रबार १९:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल राष्ट्रबैंकले बर्सेनि दशैँमा नोट छपाइमा मात्रै १ अर्ब रुपैयाँभन्दा धेरै खर्च गर्दै आएको छ ।

अघिल्लाे वर्षको दशैँमा पनि नेपाल राष्ट्रबैंकले ७९ करोड रुपैयाँ खर्च गरेको थियो । हरेक वर्ष नोट मैलो हुँदा र च्यातिँदा राष्ट्रबैंकले छपाइको लागि ठूलो मात्रामा पैसा खर्च गर्दै आएको छ ।

नेपालमा नोटको  सुरक्षामा ध्यान नदिँदा बर्सेनि करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै राष्ट्रबैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने, कसरी कच्याककुचुक नपार्ने लगायतका जनचेतना दिने प्रयास गरिरहेको छ । तर पनि पैसामा केरकार गर्ने, फोहोर गर्ने, कच्याककुचुक पार्नेलगायतका समस्या हटेका छैनन् ।

नयाँ नोट पनि वर्षदिनमै झुत्रा हुने भएपछि राष्ट्रबैंकले यो दशैँमा भने केही दरका नोट नयाँ नछाप्ने योजना बनाएको छ । विशेषगरी १०, २० र ५० रुपैयाँ दरका नोट नयाँ नछाप्ने र गोदाममा रहेका सुकिला नोट प्रयोग गर्ने राष्ट्रबैंकको तयारी छ ।दशैँमा १०, २० र ५० दरका नोट धेरै उपयोग हुने गरेका छन् ।

‘हेर्दा नयाँजस्ता देखिने विभिन्न दरका नोट हामीसँग गोदाममा छन्, त्यसैले यो दशैँमा नयाँ नोट नछापेर सुकिला नोटले काम चलाउनेबारे छलफल भैरहेको छ’, राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयो ।

 ५, १००, ५०० र १००० दरका नोट भने नयाँ छपाइ गरिने राष्ट्रबैंकले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत ५, २०८०

2 Comments

  • बद्री तिम्सिना

    Oct. 2, 2019, 6:54 p.m.

    नया तथा पुरानो नोटको मूल्य फरक न पर्ने हुँदा नयाँ नोट न छापेकै राम्रो। एक हजार र पाँच सय दरका नोट हरु लाई सय पचास का नोट्बाट बिस्थापित गर्ने हो भने आम मानिसहरु धेरै नोट बोक्ने झन्झट ले 'इन्टरनेट मनी' लगायतका डिजिटल मनी प्रयोग लाई बढाउन सुरु गर्दछन। मूल्य नियन्त्रण लगायतका मौद्रिक समस्या पनि यसले हल गर्न सहयोग गर्दछ। मूद्रा पलायन को अर्को समस्या एबम कालो धनको पनि नियमन हुन सक्छ। राष्ट्र बैंकले ध्यान दिन जरूरी छ।

  •  0 Reply
  • Prakash Upreti

    Aug. 27, 2019, 12:14 p.m.

    Government should promote Digital Payment system & Dashain is the very right time to implement it. Rather than wasting lots of millions on printing new bills, it will be great initiation and new practice to move people towards Digital Payment System like eSewa, Khalti, IME Pay or any Digital Payment Gateway alternatively. Practicing new things may take time but the proper vision must be made for future too. यसपटकको दशैँमा डिजिटल दक्षिणा

  •  0 Reply

तपाईको प्रतिक्रिया