विराटनगरमा राधाकृष्ण रथयात्रा आज : सुरक्षाका लागि काठमाण्डौबाट विशेष टोली, निगरानी ड्रोनबाट हुने

 भदौ ७, २०७६ शनिबार १०:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरमा शनिबार दिउँसो निस्कने ५२औँ राधाकृष्ण रथयात्राका लागि मोरङ प्रहरीले ड्रोनको माध्यमबाट विशेष निगरानी राख्ने भएको छ ।

विराटनगर–१ राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा गरेपछि रथयात्रा निकालिँदैछ । मोरङ प्रहरीले रथयात्रामा कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना अगाडि सारेको जनाएको छ । मोरङ प्रहरीले ड्रोन क्यामेराबाट महानगरपालिको सुरक्षा निगरानी गर्ने भएको छ ।

हजारौँको संख्यामा भक्तजनहरुको रथयात्रामा सहभागी हुने भएकाले सुरक्षालाई विशेष प्राथामिकतामा राखेर प्रहरीले ड्रोनबाट पनि सुरक्षा निगरानी राख्ने भएको हो । यसका लागि प्रहरी प्रधान कार्यालय काठमाण्डौबाट विज्ञ टोलीसहित ड्रोन क्यामेरासहितको टोली आएको जिल्ला प्रहरी कार्यालय मोरङका  प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो ।

शुक्रबार साँझ विराटनगरस्थित राधाकृष्ण मन्दिर अगाडि ड्रोन क्यामेराकाे पनि सफल परीक्षण गरिएको गरिएको थियो  । ‘ड्रोन क्यामेराबाट पूर्व तयारी गरेका छौँ’, एसपी अधिकारीले भन्नुभयो, ‘सफल परीक्षण पनि भयो ।’ रथ यात्रा हुने मार्गमा गरिने ड्रोनको निगरानी जिल्ला प्रहरी कार्यालय मोरङमा हुनेछ । कुनै पनि अप्रिय घटना घटाउने र शंंकास्पद व्यक्ति देखिए तत्काल प्रहरी परिचालन गरी नियन्त्रणमा लिने एसपी अधिकारीले बताउनुभयो ।

रथ विश्राम गरिने प्रत्येक युनिटमा प्रहरी टोली खडा गरिएको उहाँले बताउनुभयो । प्रहरीले रथयात्राको दिन सुरक्षाका लागि एक हजार ७ सय प्रहरी प्रहरी परिचालन गरेको छ । २ सय जना सादा पोशाक र १ हजार ५ सय जना पोशाकमा  प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगरमा कृष्ण अष्टमीकाे भाेलिपल्ट हरेक वर्ष ऐतिहासक राधाकृष्ण रथयात्रा मनाइने गरिन्छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया