पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा कलाकारकाे धारणा: स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्छ

 भदौ ७, २०७६ शनिबार १६:३९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कलाकारहरुले पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । 

हास्यकलाकार, अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरीले पत्रकार शालिग्रम पुडासैनी प्रकरणमा स्वतन्त्र छानबिन हुनुपर्ने बताए । उनले भने,‘ आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाइ यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु ।’

उनले रवि लामिछानेको लागि यति धेरै समर्थन रहेको बताउँदै कानुनमै दोष देखेको बताए । उनले भने, ‘आक्षेप लगाउने मान्छे शतप्रतिशत सत्य हुँदैन । कानुन सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कस्टडीमा हुन्छन् ।’

तर, उनले भिडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको सुनाए । यद्यपि उनले हिजो राजाको शासनको पालामा भिडले परिवर्तन ल्याएको कुरा बिर्सन नहुने सम्झाए । उनले भने, ‘तर कारणसहितको भिड हुनुपर्छ ।’

अर्का अभिनेता निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने बताए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको बारे गुनासाे गरे ।  

उनले भने, ‘रविजीको हकमा कानुनले सही तरिकाले निर्णय गरोस् । सत्य, तथ्य कुरा जनतासम्म पुगोस् । हामीले रविजीलाई साथ दिनुपर्छ । तर, यो केसमा राजनीतिकरण नहोस् ।’ 

अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने, ‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निष्पक्ष होस् । बिना कुनै दबाब काम गर्न दिइयोस् । यो देशमा अदालत छ । श्रीमान् हुनुहुन्छ । यो केस अदालतमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय आउँदैन । उनले यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनु पर्ने बताए । 

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनु पर्ने पक्षमा रहेको बताए । उनले स्वतन्त्र र निष्पक्षरुपमा छानबिन गर्न दिनुपर्ने भन्दै दबाब र भिडले छानबिन प्रक्रियामा असर पुर्‍याउन नहुनेतर्फ सचेत गराए ।   

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया