गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न क्षेत्रमा फैलिएको अमेरिकन फौजी किरा (फल आर्मी वर्म) नियन्त्रणका लागि विषादी वितरण गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा, वडा नम्बर-२ डिकुवा, वडा नम्बर-३ च्यास्मीटार, वडा नम्बर-११ राजापानी लगायतका वडामा फैलिएको फौजी किराको आतंक नियन्त्रणका लागि प्रदेशबाट आएका कृषिसँग सम्बन्धित विज्ञ तथा प्राविधिकको टोलीले विषादी वितरण गरेको हो ।
झण्डै चार हप्ता अघिदेखि फैलिएको अमेरिकन फौजी किराले बालीनाली लगायत वनजंगल नै सखाप पार्न थालेपछि बाहुनीडाँडा आइपुगेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ नम्बर प्रदेशका प्रवक्ता राजेन्द्र उप्रेती, कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ र बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवको टोलीले प्रति बट्टा सय एमएलको ५० बट्टा विषादी हस्तान्तरण गरेको छ ।
प्राप्त भएको विषादी सबै किसानलाई वितरण गर्ने र आइतबार एकैसाथ बालीनालीमा छर्कने व्यवस्था मिलाइने बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनु भयो । प्राप्त भएकामध्ये २० बट्टा विषादी हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर डिकुवा पठाइएको छ ।
अमेरिकन फौजी किराबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको बाहुनीडाँडामा कृषि ज्ञान केन्द्रका टोलीसमेत पुगेको छ । हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण मकैको बिरुवा मरेको केही समयपछि फेरि छरेर उम्रिएको मकैको बिरुवा फौजी किराले सखाप पारेपछि किसानहरु मारमा परेको मेयर इवन राईले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।