च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै - कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिनु भएको छ ।
ललितपुरमा रहेकाे तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रम गरी कार्यवाहक प्रधानमन्त्री पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो । तत्कालीन माओवादी केन्द्रका स्कूल विभाग प्रमुख र नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले संयुक्त रुपमा पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।
स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उहाँले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताउनु भयो । सिंंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाइ बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
स्कूल विभागको जिम्मेवारी लिन धेरैले दावी गरिरहँदा उपप्रधानमन्त्री पोखरेलले जिम्मेवारी पाउनु भएको हो । उहाँ एकता अघि तत्कालीन नेकपा एमालेका महासचिव हुनुहुन्थ्यो ।