सुनको भाउ अहिलेसम्मकै महँगो

 भदौ ९, २०७६ सोमबार १२:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन सोमबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । लगातार बढ्दै सुन सोमबार तोलामा ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर बलियो भएकाले अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महंगो भएको र यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ । 

चाँदी पनि सोमबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: भदौ २०, २०७६

तपाईको प्रतिक्रिया