आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन दूरसञ्चार प्राधिकरणकाे अनुराेध

 भदौ ९, २०७६ सोमबार १२:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन प्रयोगकर्तासँग अनुरोध गरेको छ । 

सरकारले विद्युतीय प्रणालीमार्फत नागरिकलाई सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले नागरिक एप्स बनाइरहेको छ । नागरिक एप्समा मोबाइल नम्बर पनि लिंक गरेर सबै सूचना र जानकारी राखिने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको हो । 

यदि कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरेको भए आफ्नो नाममा रजिष्ट्रेसन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । 

उपभोक्ताले प्रयोग गर्ने मोवाइल नम्बरलाई नागरिकको पहिचानको माध्यम बनाउँदा सरल र सहज हुने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन र अरुको नाममा रहेको भए आफ्नो नाममा बनाउन अनुरोध गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Anand

    Aug. 26, 2019, 1:09 p.m.

    कैलेसम्म त्यस्तो गरिसक्नु पर्छ ?

  •  1 Reply

तपाईको प्रतिक्रिया