नेकपाको केन्द्रीय समिति विस्तार, पार्टीका असन्तुष्टि जथाभावी पोख्दै हिँड्नेलाई कारबाही गरिने

 भदौ ९, २०७६ सोमबार १३:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय पुगेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको बैठकले विभिन्न पार्टी परित्याग गरी केही समयअघि नेकपामा प्रवेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय सदस्यको संख्या बढेको हो । 

केन्द्रीय सदस्य हुनेहरुमा किरण राई, कल्पना धमला, पदम राई र देवेन्द्र पराजुली रहेका छन् । पराजुली र धमला नयाँ शक्तिमा हुनुहुन्थ्याे भने किरण राई र पदम राई भने नेकपा विप्लव छाडेर नेकपामा प्रवेश गर्नु भएकाे हाे ।

पार्टीकाे विधानअनुसार ४४१ सदस्यीय केन्द्रीय सदस्य रहेकोमा १० प्रतिशत थप गर्ने व्यवस्था अनुसार सोमबारको बैठकले ४ जना केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

पार्टी एकीकरणपछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । यस्तै बैठकले जिल्लाका इन्चार्ज र सह-इन्चार्ज तथा विभाग/जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी पनि हेरफेर गरेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया