काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्ष...
फागुन १५, २०८१ बिहिबार
चितवन – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल धरौटी बुझाएर रिहा भएका छन् । त्यस्तै अस्मिता कार्की भने सामान्य तारेखमा रिहा हुनु भएकाे छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासकाे आदेशअनुरुप लामिछानेले पाँच लाख र कँडेलले तीन लाख रुपैयाँ धराैटी बुझाएर रिहा हुनु भएकाे हाे । रिहा हुँदै गर्दा लामिछानेले आफूलाई साथ दिने सबैलाई धन्यवाद दिनु भएकाे छ ।
आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा रवि लामिछानेसहित तीनैजनाको बयान लिइएको थियो ।
आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो । बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस भएको थियो । प्रतिवादी रवि लामिछाने र युवराज कँडेलको तर्फबाट ८ जना अधिवक्ता तथा अस्मिता कार्कीको तर्फबाट ७ जना अधिवक्ताले बहस गरेका थिए । त्यस्तै वादीतर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।
गएको साउन २० गते चितवनको कंगारु होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।
आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भिडियोमा आफूलाई लामिछाने, कँडेल र अस्मिताले आत्महत्या गर्न बाध्य बनाएको बताएका थिए । भिडियो सार्वजनिक भएपछि साउन ३० मा तीनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
१० दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।