रसुवागढी नाका जोड्ने सडक खुलाउनका लागि ‘ड्रिलिङ’ सुरु

 भदौ १०, २०७६ मंगलबार ७:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – गएको आइतबार दिउँसोबाट अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक खुलाउनका लागि ब्लाष्टिङको काम सुरु भएको छ ।

राम्चे–धुन्चे सडक खण्ड अन्तर्गत पर्ने ब्राबलको सडक खुलाउनका लागि मंगलबार बिहानैदेखि ड्रिलिङको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । उहाँका अनुसार मंगलबार बेलुकीसम्ममा सडक पूर्ण रूपमा खुलिसक्छ ।

सोमबार बेलुकी अस्थायी बाटो निर्माण गरेर साना ठूला सवारी पास गराइएको थियो । 

सडकको छेउ भासिएको छ भने भित्तातिर चट्टान छ । आइतबार दिनभरीको प्रयास विफल भएपछि कार्यालयले आइतबार साँझ ब्लाष्टिङको स्वीकृतिको लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो ।

गृहले सोमबार बिहान रक्षा मन्त्रालयमा पत्र पठाएकोमा रक्षाले सेनालाई स्वीकृति प्रदान गरेको छ । मंगलबार साँझसम्ममा सडक खुलाउनका लागि सोमबार आवश्यक सामग्री तथा जनशक्ति तयार गरिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया