वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको निधन

 भदौ १०, २०७६ मंगलबार १२:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको निधन भएको छ । ९ दिन अगाडि अस्पताल भर्ना हुनु भएका श्रेष्ठको मंगलबार बिहान ११ बजे काठमाण्डौ भ्याली न्यूरो हस्पिटलमा निधन भएको हो ।

काठमाण्डौ पकनाजोलका श्रेष्ठ ३ वर्षदेखि ब्रेन ट्युमरको समस्याबाट ग्रसित हुनुहुथ्यो ।  उहाँ शास्त्रीय संगीतका क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई दिउँसो १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र ३ बजेपछि अन्त्येष्टि गरिने तबलावादक बाबुराजा महर्जनले बताउनुभयो ।

उहाँको श्रीमती र १ छोरा हुनुहुन्छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया