गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउदै भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भए पनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो,‘प्रधानामन्त्री काठमाण्डौमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशाेधन गरिएको छ । यो बिल्कुलै अनुचित छ । यसबाट सूचना र गोपनीयता चुहिएर जाने गम्भीरता पनि रहन्छ ।’
प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउँदै उहाँले भिडियो कन्फरेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटि नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशाेधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरी मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशाेधन गरिएको भन्दै कार्यविधिमा भएको संशाेधन अविलम्ब संशाेधन गरेर पूर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि भोलि सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू ?’
सभामुखले बैठक सुरु भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।