गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – डेङ्गु रोगका बिरामी बढेपछि काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले २४ शय्या छुट्याएको छ । १०० शैया क्षमता रहेको टेकु अस्पतालले २४ शैया डेंगुका बिरामीका लागि मात्रै छुट्याएको हो ।
काठमाण्डौ उपत्यकाभित्र र बाहिरबाट डेङ्गुका बिरामी आउन थालेपछि अस्पतालले शय्या नै छुट्याएर उपचार गरिरहेको अस्पतालका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले जानकारी दिनुभयो ।
‘डेङ्गुको संक्रमण बढ्दै गएको छ । डेङ्गुका बिरामी आउन थालेपछि २४ शय्या नै छुट्याएर उपचार गरिरहेका छौँ’, उहाँले भन्नुभयो । अस्पतालमा सोमबार र मंगलबार गरी १७ जना बिरामी उपचारारत छन् ।
एकैदिन ८ जना बिरामी अस्पताल भर्ना !
मंगलबार मात्रै ८ जना बिरामी अस्पताल भर्ना भएका हुन । एकैदिन ८ जना बिरामी भर्ना भएपछि अस्पतालले १०० शय्यामध्ये २४ शय्या डेङ्गु बिरामीका लागि छुट्याएको अस्पतालका प्रमुख खतिवडाले बताउनुभयो । यो संख्या थप बढ्न सक्ने पनि उहाँले बताउनुभयो ।
‘एकैदिन ८ जनासम्म बिरामी आउन थालेपछि अहिलेको यो संख्या पनि बढ्न सक्ने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘बिरामीको संख्या बढेपछि थप सल्लाह गरेर उपचार गर्ने योजना छ ।’
उपचारका लागि काठमाण्डौको बालाजु, ललितपुरको जावलाखेल, मकवानपुरको हेटौँडा, दाङ, धनकुटालगायतका जिल्लाबाट डेङ्गुका बिरामी टेकु अस्पताल आएका छन् ।
गएको वैशाखदेखि भदौ पहिलो हप्तासम्म ६० जना बिरामीले उपचारपछि निको भएर घर फर्किएका छन् भने तीन जनाले ज्यान गुमाएका अस्पतालले जनाएको छ ।
सफा पानीमा बस्ने र बिहान तथा बेलुकी बढी सक्रिय हुने एडिज प्रजातिको लामखुट्टेले टोकेपछि डेङ्गु रोग लाग्छ । यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा लुला पर्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिने डाक्टरहरुको भनाइ छ ।
टोकेको थाहा नहुने भएकाले यी लक्षण देखिएमा तुरुन्तै नजिकैको अस्पताल गएर जचाँउन डाक्टरको सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।