गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
सुर्खेत – बुधबार बिहान सुर्खेतमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये एक जनाको परिचय खुलेको छ ।
जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका –५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय लक्ष्मी बस्नेतको मात्र परिचय खुलेको हो ।
दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । सुरुमा ३० जना भने पनि बसमा ३२ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ । चालक, सह–चालक समान्य घाइते भएको र उनीहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
बसका चालक सल्यान बनगाढ कुपिण्डे नगरपालिका–११ का खिमबहादुर विकको स्थानीय मेडिकलमा उपचारपछि नियन्त्रणमा लिइएको डीएसपी रवि रावलले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले नाम नखुलेको एक बच्चा सकुशल उद्धार गरेर आफ्नो साथमा राखेको जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।