गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका ५ जना सरकारी डाक्टरहरु काममा फर्किएका छन् ।
आन्दोलनमा रहेका पाँचजना डाक्टरहरु आफूले दिएको राजीनामा पत्र फिर्ता लिए। बुधवारदेखि काममा फर्किएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।
काममा फर्किने डाक्टरहरुमा छाला रोग डाक्टर जेम महर्जन, सर्जन डाक्टर ईश्वरी भुसाल, एनाथेसिया डा. राजन शाक्य, इमरजेन्सी वार्डमा कार्यरत डाक्टर अमृत लाम्गादे र सामुदायिक सेवामा कार्यरत डाक्टर वर्षा मानन्धरले राजीनामा पत्र फिर्ता लिएर काममा फर्किएका हुन् ।
प्रतिष्ठानमा सरकारी चिकित्सक र प्रतिष्ठानका चिकित्सक गरी दुई थरी चिकित्सकहरु कार्यरत रहेका छन् ।
यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियानले प्रतिष्ठानमा पछिल्लो समय उत्पन्न समस्या समाधानका लागि भन्दै आन्दोलन थालेको छ । प्रतिष्ठानमा देखिएका सबैखालका समस्याको जड प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारी नै भएको निष्कर्ष सहित उनीहरुले आन्दोलन थालेका छन् ।
प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि भन्दै घोराहीमा बसेको सर्वपक्षीय बैठकले भने राजीनामा र आन्दोलन छोडेर सबै मिलेर प्रतिष्ठानको सेवा प्रभावकारी बनाउन लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।