गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
धनुषा – बुहारीको हत्या आरोपमा महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२ किशोरीनगर घर भई बुहारी हत्या अभियोगमा झण्डै २ वर्षदेखि कारागारमा रहेका ६७ वर्षीय देवनारायण ठाकुरको बुधबार बिहान उच्च रक्तचापबाट ज्यान गएकोे हो ।
बुधबार बिहान अचानक रक्तचाप बढेपछि उनलाई उपचारका लागि जलेश्वरको शान्ति सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको निमित जेलर मकसुदन महासेठले जानकारी दिनुभयो । उनको शव परिवारजनलाई बुझाउने तयारी भइरहेको उहाँको भनाइ छ ।
जलेश्वर कारागारका निमित्त जेलर मकसुदन महासेठका अनुसार ठाकुर २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पूर्पक्षका लागि थुनामा रहेका थिए ।
ठाकुरलाई कान्छा छोरा आनन्दमोहन शर्माकी श्रीमती २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा धनुषा जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि जलेश्वर कारागारमा थुनुवा थिए ।
रञ्जनाको विवाहको एक वर्ष मात्रै भएको थियो । जनकपुरको कृष्णा नसिङ कलेजमा अध्ययनरत रञ्जनाको २०७४ मंसिर ८ गते राति आफ्नै घरमा हत्या भएको अवस्थामा मंसिर ९ गते बिहान प्रहरीले शव बरामद भएको थियो ।
हत्यापछि सिरहा नगरपालिका–१८ लक्ष्मीनिया बस्ने मृतक रञ्जनाकी आमा प्रभा देवी शर्माले उनका ससुरा देवनारायण ठाकुर, श्रीमान आनन्दमोहन शर्मा, जेठान अरबिन्द कुमार शर्मा र उनकी श्रीमती रिंकु शर्मा र सासू सुमित्रा शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गराउनु भएको थियो । तर ससुरा ठाकुरले घटनाको सम्पूर्ण जिम्मा आफूले मात्र लिएपछि उनको घरका अन्य सदस्यहरु कारबाहीबाट उम्केका छन् ।
दाइजाको कारण श्रीमान र घरपरिवारसँग सम्बन्ध चिसिएकाले उनको हत्या भएको छिमेकीको आरोप छ । हत्यापछि छिमेकहरु घरपरिवारले नै मिलेर रञ्जनाको हत्या गरेको भन्दै कारबाहीको माग गर्दै लामोसमयसम्म आन्दोलित भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।