गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर बिमति जनाएको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनीयता भंग हुने गरेको भन्दै मन्त्रिपरिषद् बैठकजस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताउनु भएको हो ।
कार्यवाहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैँ बैठकमा सहभागी हुनु संवैधानिक र कानुनी प्रक्रियागतरुपमा नै त्रुटिपूर्ण भएको कांग्रेसले ठहर गरेको छ ।
प्रवक्ता शर्माले गोपनीयता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ति जनाउनुभयो । उहाँले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि हलुका ढंगले संशोधन गर्ने परिपार्टीले भविष्यमा बेथिति ल्याउने दाबी गर्नुभयो ।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार अपरान्हसम्मका लागि स्थगित भएको छ । बैठकमा समयावधि सकिएका भातृसंस्थाहरु र जनसम्पर्क समिति लगायतबारे छलफल हुने कार्यसूची थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।