गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
रसुवा – कर्मचारी छनौटमा अनियमितता गरेको भन्दै छानबिन गर्नका लागि अन्तर्वार्तामा सहभागी भएका पाँच जनाले संयुक्त निवेदन बुझाएका छन् ।
स्वास्थ कार्यालय रसुवाले सवारी चालक र कार्यालय सहयोगी छनौट गर्दा निश्पक्ष रूपमा नगरेको र आर्थिक चलखेल भएको हुन सक्ने भन्दै सोहन लामा, सुशील तामाङ, सुमिता तामाङ, दिपा भुजेल र यम प्रसाद भट्टराइले छानबिनको माग गर्दै संयुक्त निवेदन दिएका हुन् ।
कार्यालयले कार्यालय सहयोगी पदमा अयोग्य तथा अनुभवको कमि भएको व्यक्ति राखेको र सवारी चालक पदमा प्रयोगात्मक परीक्षामा असफल भएको व्यक्ति राखेकोले निवेदन दिएको बताइएको छ ।
कार्यालयले यही भदौ ५ गते सवारी चालकको लागि ३ जना र कार्यालय सहयोगीको लागि पाँच जना गरी ८ जनाको अन्तर्वार्ता लिएको थियो ।
स्वास्थ्य कार्यालयलाई बोधार्थ दिँदै उनीहरूले जिल्ला प्रशासन कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, वडा कार्यालय, नेपाल कम्युनिष्ट पार्टी रसुवा र नेपाली कांग्रेस रसुवालाई संयुक्त निवेदन दिएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।