गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – प्रदूषण बढाएको र सम्झौताअनुसार इँटाभट्टा स्थानान्तरण गरेको भन्दै काभ्रेको नमोबुद्ध नगरपालिका, भकुण्डेबेसीका ८ वटा इँटा उद्योेगमा नगरपालिकाले नै डोजर चलाएको छ ।
२०७५ सालको पुस २७ र २८ गते भएको सम्झौताअनुसार इँटा व्यवसायीले भट्टा स्थानान्तरण नगरेको भन्दै नगरपालिकाले गएको आइतबार ८ वटा इँटा उद्योगमा डोजर लगाएको नगरप्रमुख टंकप्रसाद शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
‘भकुण्डेबेसीलाई हामीले एउटा व्यवस्थित उपत्यका बनाउने अभियान थालेका छौँ, त्यसमा सहयोग गर्ने व्यवसायीले प्रतिबद्धता जनाएका थिए, तर प्रतिबद्धता र सम्झौता कार्यान्वयन नगरेपछि यो उपत्याका जोगाउन हामीले उद्योगमा डोजर लगाएका हौँ’, नगरप्रमुख शर्माले भन्नुभयो, ‘हामी व्यवसायविरोधी होइनौँ, व्यवस्थित विकासको लागि योजना बनिसकेका छन्, अव्यवस्थित उद्योग व्यवसाय हटाइएको हो ।’
नगरपालिकाले इँटा उद्योग भत्काउँदा लागेको खर्च पनि उद्योगीबाटै असुल्ने जनाएको छ । नगरपालिकाको निर्णयमा चित्त नबुझे न्यायालय जान पनि नगर प्रमुख शर्माले व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
भकुण्डेबेसीलाई व्यवस्थित उद्योगसहितको उपत्यका बनाउन योजना निर्माण भैरहेको उहाँले जानकारी दिनुभयो ।
व्यसायीको आपत्ति
नेपाल इँटा उद्योग महासंघले काठमाण्डौमा एक पत्रकार सम्मेलन गरेर नगरपालिकाले इँटा उद्योगमा डोजर लगाएकामा विरोध गर्दै यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष महेन्द्र चित्रकारले तहसनहस पारिएका उद्योगमा रहेका भौतिक संरचनाहरु, चिम्नी, पाकेका इँटा, कामदारहरुको बासस्थान र कार्यालय भवन आदिमा भएको क्षति कम्तीमा १० करोडको भएको जानकारी दिनुभयो ।
महासंघका अनुसार इँटा उद्योगबाट हुने प्रदूषणलाई घटाउने सन्दर्भमा विगतमा नगरपालिका र इँटा उद्योगीबीच भएको छलफललाई समेत आधार मानी ती उद्योगहरुमा प्रविधि प्रयोग गरी सरकारले तोकेको मापदण्ड भन्दा अत्यन्त कम मात्रै प्रदूषण गरिरहेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा अभिभावक छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले महासंघको आग्रहमा वर्तमान सरकारले हरेक पालिकामा साना उद्याग ग्राम स्थापना गर्ने गरेको निर्णय कार्यान्वनयन गरी उद्योगलाई व्यवस्थित पार्नुको साटो नमोबुद्ध नगरपालिकाले आफ्नो पालिका सञ्चालित उद्योगलाई व्यक्तिगत इविका कारणले गर्दा तहसनहस गर्न डोजर चलाउनु निन्दनीय रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।