फुटपाथमा पार्किङ गरिएको यातायात मन्त्रीकै गाडीमा ट्राफिक प्रहरीको ताला !

 भदौ ११, २०७६ बुधबार १९:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फुटपाथमा पैदल यात्री हिँड्नै गाह्रो हुने गरी पार्किङ गरी राखिएको मन्त्रीकै गाडीमा ट्राफिक प्रहरीले ताला(ह्वील लक) लगाएको छ ।

बुधबार दिउँसो नयाँ बानेश्वरमा फुटपाथमै पार्किङ गरेर राखिएको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने झण्डावाल बा २ झ४८६२ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ताला लगाएको हो ।

गाडीमा मन्त्री महासेठ नभएको र चालकले जथाभावी रुपमा पार्किङ गरेको ट्राफिक प्रहरीले जनाएको छ । चालकलाई एक हजार जरिबाना तिराएर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियम कानुन कार्यान्वयन गराउने व्यक्तिहरुले नै यसरी नियम मिचेपछि पटक–पटक आलोचनाको सिकार हुँदै आएका छन् । यसअघि पनि सिंहदरबारको पूर्वी गेटनजिकै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी चढ्ने बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया