गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
दाङ – ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ को नाममा अस्पतालको प्रशासनमा लगाइएको ताला दाङ प्रहरीले फुटाएको छ ।
ताला लगाउने क्रममा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि हातपात भएको प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले आफ्ना रजिष्ट्रारमाथि हातपात भएको जानकारी दिनुभयाे । सीसीटीभी क्यामेरामा रजिष्ट्रारमाथि हातपात भएकाे दृश्यसमेत कैद भएकाे छ ।
जिल्ला प्रहरी प्रमुख एसपी वेल पाण्डेले प्रहरीले ताला फुटाइसकेको बताउनुभयो । उच्च अदालत तुलसीपुरले प्रतिष्ठानमा कुनै पनि आन्दोलन नगर्न/नगराउन आदेश यसअघि नै दिइसकेको छ ।
अदालतको आदेशको अवज्ञा गर्दै प्रशासन कक्षमा ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ समितिले ताला लगाएको थियो । प्रतिष्ठानका रजिष्ट्रार प्याकुरेलले आफूमाथि हातपात भएको बताउनु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले घटनाका बारेमा जानकारी लिइसकेको र प्रतिष्ठानको सुरक्षाको लागि प्रहरी परीचालन गरिएको बताउनुभयो ।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ संयोजक विकिरण गौतम र सदस्य सचिव सविन प्रियासनको नेतृत्वमा तालाबन्दी भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।