रसुवागढी नाका जोड्ने सडकमा साढे २ घण्टा सवारी सञ्चालन रोकिने

 भदौ १२, २०७६ बिहीबार ६:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका जोड्ने सडकमा बिहीबार साढे २ घण्टा सवारी सञ्चालन रोकिने भएको छ । राम्चे धुन्चे सडकखण्ड अन्तर्गत ब्राबल भीरमा बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म ‘ब्लाष्टिङ’ गरिने भएकाले सडक बन्द गर्न लागिएको हो ।

सडक भासिएपछि अहिले आंशिक रूपमा सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । गएको मंगलबार बिहानदेखि पहरामा होल खोप्ने काम सुरु भएको थियो । बुधबार बेलुकीसम्ममा ४८ वटा होल खोपिएको छ ।

६० वटा होल खोपेपछि ब्लाष्टिङ गर्ने तयारी छ । पहरा फुटाएर बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने देखिएपछि अस्थायी बाटो बनाएर सवारी पास गराइएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया