गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको दुव्र्यवहारको विरोधमा प्रतिष्ठानका डाक्टरहरुले बिहीबार कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउने जनाएका छन् । ज्ञापनपत्रमा आफूहरुको सुरक्षा हुनुपर्नेलगायतका माग उनीहरुले गरेका छन् । बुधबार प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा रजिष्ट्रारमाथि हातपात गरिएको थियो ।
प्रतिष्ठान बचाऔँ अभियानको तर्फबाट थालिएको आन्दोलनको क्रममा प्रशासन कक्षमा तालाबन्दी भएकोमा बुधबार ताला प्रहरीले फोडेको छ । उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि यसले समस्याको रुप लिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।