गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
कश्मीरमा धारा ३७० हटाइएपछि रक्षा मन्त्री राजनाथ सिंह बिहीबार पहिलो पटक लद्दाख पुगे । उनले लेह जिल्लामा डीआरडीओको २६ औँ किसान–जवान विज्ञान मेलाको उद्घाटन गरे ।
त्यही अवसरमा उनले पाकिस्तानलाई निशाना बनाउँदै भने, ‘म पाकिस्तानलाई सोध्न चाहन्छु कि कश्मीर तपाईँहरुसँग कहिले थियो, जसलाई लिएर रोइरहनु भएको छ ? पाकिस्तान पनि त भारतबाट छुट्टिएर बनेको हो ।’
रक्षा मन्त्री सिंहले पाकिस्तानलाई कश्मीर मुद्दामा हस्तक्षेप गर्ने अधिकार नभएको बताएका छन् । ‘हामी पाकिस्तानको उपस्थितिलाई सम्मान गर्छौ तर यसको अर्थ यो होइन कि उसले कश्मीर विषयमा बयान गर्दै बसोस्’, उनले भने ।
— ANI (@ANI) August 29, 2019
साथै मन्त्री सिंहले पाकिस्तानले पीओके र गिलगिट–बाल्टिस्तानमा गैरकानुनी तरिकाबाट कब्जा गरेको र त्यहाँका नागरिकमाथि भैरहेको मानवाधिकारका बारेमा ध्यान दिनुपर्ने बताए ।
राजनाथ सिंहले भारतले पाकिस्तानसँग राम्रो छिमेकीको सम्बन्ध राख्न चाहेको तर यसका लागि पाकिस्तानले पहिला भारतविरुद्ध आतंकवादको प्रयोग गर्न बन्द गर्नुपर्नेमा जोड दिए ।
कश्मीर पहिले स्वतन्त्र देशका रुपमा रहेकाे थियाे । भारत-पाकिस्तान विभाजनसँगै कश्मीरकाे एक भाग भारतसँग विलय भएकाे थियाे भने अर्काे भाष आजाद कश्मीर अर्थात पाकिस्तान प्रशासित कश्मीरका रुपमा रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।